
२९ साउन, मुम्बई । बलिउडमा कयौं यस्ता कलाकार छन् । जो एक समय सफलताको शिखरमा थिए । तर अहिले गुमनाम छन् । ती मध्येकी एक अनिता राज पनि हुन् ।
अनिता राज ८० को दशकमा निकै चर्चित थिइन् । सफलता पनि राम्रै मिलेको थियो । तर अहिले भने उनी फिल्म क्षेत्र र चर्चा भन्दा बाहिर छिन् । १३ अगस्ट १९६२ मा मुम्बईमा जन्मिएकी निता अभिनेता जगदीश राजकी छोरी हुन् । उनले १९८२ मा फिल्म ‘प्रेम गीत’ बाट अभिनयमा डेब्यु गरेको थिइन् । फिल्मको सफलताले उनी रातारात स्टार बनिन् ।
करिब १० बर्ष उनले फिल्म उद्योगमा सफलताको सिँढी चढिरहिन् । १९९२ मा उनले सुनिल हिंगोरानीसँग विवाह गरेर छोराको जन्मदिइन् । त्यसपछि उनी फिल्म अभिनयभन्दा बाहिर रहिन् । त्यसपछि २०१२ मा उनी एकपटक फेरि चर्चामा छाएकी थिइन् । यो समय उनी फिल्मभन्दा पनि श्रीमानको कारण चर्चामा छाएकी थिइन् । उनको श्रीमान्माथि महिलाहिंसाको आरोप लागेको थियो ।
अनिताले बलिउड छोड्दा उनका फ्यान निरास बनेका थिए । सोही कारण उनलाई सोधिएको थियो ‘कहिले बलिउड कबब्याक गर्ने रु’ राम्रो रोल मिले फेरि अभिनयमा आउनेछु उनको जवाफ हुन्थ्यो । अनिताले फिल्ममात्र होइन कयो टिभी सिरियलमा पनि काम गरेकी छन् । आशिकी, इना मिना डीका, २४ जस्ता टिभी शो पनि उनको अभिनय कारणले चर्चामा थियो ।