
२९ साउन, काठमाडौं । भक्तपुर नगरपालिकाले गाईजात्राका दिन रुटमा दुईपांग्रे र चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ ।
आठरात नौ दिनसम्म मनाइने गाइजात्रा पर्व शुक्रबार सुरु हुँदैछ । साउन शुक्लपूर्णीमा अर्थात जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किने घिन्तात्वाङ घिसिसँगै गाइजात्रा सुरु हुने गर्दछ ।
नगरपालिकाले मंगलबार जात्रा रुटमा सरसफाइ तथा जनचेतना र्यालीको समेत आयोजना गरेको छ । समाचार कान्तिपुर दैनिकले छापेकाे छ ।