सर्‍याे नेकपा सचिवालय बैठक

२८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सरेको छ। अध्यक्षले गृहकार्य नपुगेको बताएपछि मंगलबार बस्ने भनिएको बैठक सरेको हो।  अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहकार्य नपुगेकाले बैठक २९ गतेका लागि सरेको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका ओली सोमबार थाइल्याण्डबाट फर्किएपछि सचिवालय बैठक बस्ने तयारी थियो। अघिल्लो सचिवालय बैठकले नै मंगलबारका लागि मिति तय गरेको थियो। सचिवालय बैठकले स्कुल विभागलगायतका विभागको टुंगो लगाउन बाँकी छ।

साउन १३ गते बसेको अघिल्लो सचिवालय बैठकले नेताहरुको रुची बुझ्न पार्टी महासचिव पौडेललाई निर्देशनसमेत दिएको थियो।  नेकपाभित्र स्कुल विभागको विषय पेचिलो बन्दै गएको छ। स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनालदेखि घनश्याम भुसालसम्मले दाबेदारी प्रस्तुत गरेका छन्।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार