
२८ साउन, एजेन्सी । पूर्व विश्व नम्बर एक एण्डी मुरेले आउँदो महिना हुने युएस ओपन टेनिसमा एकल तर्फको प्रतिस्पर्धामा सहभागी नहुने बताएका छन् ।
बेलायती मुरेले ‘हिप’ शल्यक्रियापछि पहिलो पटक सोमबार पहिलो एकल प्रतिस्पर्धामा सहभागी भएका हुन् । गएको जनवरीमा उनको हिपको शल्यक्रिया भएको थियो ।
सोमबार भएको खेलमा खेलमा उनी फ्रान्सका रिचार्ड ग्यासक्वेटसँग ६–४ र ६–४ को सेटमा पराजित भए । मुरेसँग यो खेलअघि युएस ओपनका लागि वाइल्ड कार्ड प्रवेश लिने या नलिनेबारे सोधिएको थियो ।
३२ वर्षका मुरेले खेल अघि निर्णय लिन सक्छु जस्तो नलागेको बताएका थिए।