
२७ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोक नजिकै विजुलीको पोलमा आगलागी भएको छ।
सोमबार बिहान ५ः ३० बजे पानी ट्याङ्कीको बाँया पट्टीको पोलमा विद्युत् सर्ट भई आगलागी भएको हो।
आगलागीबाट कुनै क्षति भएको छैन। आगलागी भएको देखेर बटुवाले प्रहरीलाई खबर गरेपछि प्रहरीले आगो नियन्त्रणकाे प्रयास गरेको छ।
बढी विद्युत्भार र अव्यवस्थित तारका कारण विजुलीका पोलमा आगलागी हुने गरेको प्रहरीले जनाएको छ।