
२७ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले फलफूल तथा तरकारीको बीउ निस्कने स्वचालित यन्त्र अर्थात् ‘सीड एटीएम’ सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइतबार सीड इटीएमको सुरुवात गर्नुभएको हो।
यन्त्रबाट मौसमअनुसारको फूल तथा तरकारीको बीउ निकाल्न सकिन्छ । यन्त्रमा रहेको बटम थिचेपछि स्क्रिनमा बीउको नाम र मूल्य देखापर्छ। आफूलाई चाहिने बीउको नाम र परिणाम थिचेपछि यन्त्रमा कागजी नोट हाल्नुपर्छ। त्यसबाट स्वचालित यन्त्रबाट बीउको पोका निस्किन्छ।
यन्त्रबाट २०, ५० र एक सय रुपैयाँका बीउका पोकाहरू आपूर्ति गर्छ। यस्ता मेसिनहरू महानगरपालिकाका २९ वटै वडामा सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो। गोरखापत्र दैनिकमा खबर छ ।