
दाङ । बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरेको छ ।
शनिबार राति साढे १२ बजे गाडीमा आगजनी भएको हो । आगजनीबाट अध्यक्ष चढ्ने रा १ झ १५२ नम्बरको गाडी जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलिले गाडिमा लागेको आगो निभाएको सई गोपाल प्रसाद शर्माले जानकारी दिए ।
बंगलाचुली गाउपालिका वडा नम्बर ५ को कार्यालय प्राङ्गणमा पार्किङ गरि राखिएको गाडीमा आगजनी भएको हो ।