वैद्य समूहद्वारा जमिन कब्जा

काठमाडौं । १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले झन्डा गाडेर कब्जा गरेका छन् ।

उठीबास बनाइएका सुकुमबासीलाई पुनस्र्थापित गर्न हरैयाको जग्गा कब्जा गरेको वैद्य नेतृत्वको पार्टीका नेताहरुले बताएका छन् ।

‘गरिब असहाय सुकुमबासीलाई गुन्डाहरु लगाएर उठीबास गराइएको उनीहरुलाई पुनस्र्थापित गर्न हरैयाको जमिन कब्जा गरिएको हो ।’ अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदल भने, ‘हरैयामा बसेका सुकुमबासीलाई हटाउन ठूलो आर्थिक चलखेल गरी गुन्डा लगाएर उठाइएकाले गरिब जनताको अधिकार र न्याका लागि जमिनमा झण्डा गाडेका हौं ।’

यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार