‘संघीय व्यवस्था गुडिया होइन’

काठमाडौं । पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसंग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्य तथ्य पत्ता लगाई न्याय निरुपण नगरी शान्ति प्रक्रियाको काम पूरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्राई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जिम्मेवारीपूर्वक आयोग तत्काल गठन गरी काम अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले संविधानमाथि नै प्रश्न उठाउने दुश्प्रयास भइरहेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । संघीय संरचनामा काम गर्ने क्रमका कानुन लगायतको अभावले केही जटिलता देखिएको भएपनि त्यही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नलाई स्वभाविक रुपमा लिन नसकिने बताउनुभयो । संघीयतामाथि उठ्ने गरेका हरेक प्रश्नले त्याग र बलिदानको उपेक्षा गरेको उहाँको टिप्पणी छ ।

‘संघीय व्यवस्था भनेको गुडिया होइन’ उहाँले भन्नुभयो, ‘खेलौना होइन । यो एउटा बच्चाले मन परेन भनेर फेर्न सकिदैन । त्याग र बलिदानबाट प्राप्त भएको हो । त्यसकारणले यसलाई गुडियाको रुपमा नलिइयोस् । म सचेत र सर्तक गराउन चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार