नयाँ पुस्ताका महँगा अभिनेता बरुण, एउटा फिल्मकाे ३३ करोड

भारतीय चलचित्र उद्योगमा नयाँ पुस्ताका चर्चित अभिनेता हुन्, वरुण धवन ।

वरुणको अभिनय क्षमताका कारण उनको चलचित्र मन पराउने दर्शकको संख्या पनि बढ्दो क्रममा छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार वरुण धवन नयाँ पुस्ताहरुमध्ये सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् ।

वरुण धवनले चलचित्र ‘स्ट्रीट डान्सर थ्रीडी’ का लागि ३३ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । जुन रकम बलिउडका नयाँ पुस्ताका अभिनेताहरुले लिइरहेको पारिश्रमिक भन्दा धेरै रकम हो । वरुणलाई निर्माताहरुले चलचित्रमा अनुबन्ध भए बापत ११ करोड रुपैयाँ दिइसकेका छन् । बाँकी रकम चलचित्रको प्राविधिक काम सकिएलगत्तै दिइनेछ ।

चलचित्रमा वरुण धवनका साथै अभिनेत्री श्रद्धा कपूरको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशन रेमो डिसुजाले गरेका छन् । डान्समा आधारित चलचित्रमा वरुणका साथै अभिनेत्री श्रद्धा कपूरले समेत कडा मेहनत गरेकी छिन् । चलचित्रको छायाँकनको क्रममा कैयौं पल्ट कलाकाहरु घाइते तथा बिरामी भएका थिए । यतिसम्म कि छायांकनकै क्रममा वरुण धवन बेहोससमेत भएका थिए ।

खबरहरुका अनुसार चलचित्र ‘स्ट्रीट डान्सर थ्रीडी’ यस अघिको चलचित्र ‘एबीसीडी र एबीसीडी २’ को सिक्वेल हो । वरुण धवन र श्रद्धा कपूरका साथै चलचित्रमा प्रभु देवा तथा नोरा फतेहीको समेत भूमिका रहेको छ ।

यो चलचित्र सन् २०२० को जनवरी २४ मा प्रदर्शन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार