चार शिक्षकको भरमा क्याम्पस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको छ ।

सुन्दा पत्याउनै नसकिने भएपनि त्रिवेणी गाउँपालिका जुगारमा रहेको यो क्याम्पसमा जनसंख्या र स्वास्थ्य दुवै विषयका शिक्षक छैनन् । एकजना क्याम्पस प्रमु्ख अंग्रेजीका फुलटाइम शिक्षक हुन् भने बाँकी तीनजनाको पार्टटाइम नेपाली पढाउँछन् ।

प्रथम वर्षमा ४९, दोस्रो वर्षमा ३२, तेस्रो वर्षमा ३८ र चौथो वर्षमा २१ जना विद्यार्थी भर्ना भएपनि शिक्षक अभावका कारण त्यहाँ दैनिक आउने विद्यार्थीको संख्या मुस्किलले ११/१२ जना मात्रै आउने गरेका छन् ।

क्याम्पस प्रशासन अनुसार सबै विद्यार्थी नियमित आउँदैनन् । ‘जनसंख्या विषयमा थोरै मात्र विद्यार्थी भर्ना भएका छन् । उनीहरु नियमति नआउने भएकाले शिक्षक नै नराखेको हो । स्वास्थ्य पढ्ने अधिकतर विद्यार्थी कि कर्मचारी कि अन्य पेसा–व्यवसायमा व्यवस्त छन्’ क्याम्पस प्रमुख गोपिन्द्रबहादुर केसीले भन्नुभयो । नागरिक दैनिकले खबर छापेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार