काठमाडौं । ग्राण्डी अस्पतालको विषयलाई लिएर अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे, सञ्चालक इन्जिनियर दीपक कुँवर लगायतले पीडित दोर्जे लामा र निशासँग माफी मागेका छन् । उनीहरुले माफी मागेपछि दुई पक्षबीचको वार्ता पनि टुंगिएको छ । गत असार २० गते ग्रान्डी अस्पतालमा जन्मेको नवजात शिशुको श्रावण ६ गते अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको स्वीकार्दै उनीहरुले माफी मागेका हुन् ।
बिहीबार अस्पतालमा पीडित पक्ष र अस्पताल व्यवस्थापन समितिका तर्फबाटा छुट्टाछुट्टै वार्ताटोली बनाएर वार्ता गरेको थियो । वार्तामा महाराजगंन्ज प्रहरी बिटका प्रमुखदेखि राजनैतिक दलका नेता, अस्पताल सञ्चालक, पीडित लामासमेतको टोली बसेको थियो । वार्तामा लापरबाही गर्ने डाक्टर नर्सलाई हटाउनेसम्मको सहमति भएपछि पीडित पक्षले बिनासर्त शिशु शव बुझेको लामाले जानकारी गराउनुभयो ।, नेपालसमाचार पत्र दैनिकले खबर छापेको छ ।