
काठमाडौं । सुनको मूल्य मंगलबार अहिलेसम्मै उच्च मूल्यमा कारोबार भएको छ। योसँगै सुनको मूल्य बढ्ने क्रम भने जारी छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य मंगलबार दुई सयले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी हासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए।
उनले भने, ‘अमेरिका र चाइनाको व्यापार युद्धले सुनको मूल्यमा वृद्धि भयो। यसले विश्वभर नै असर गरेकाले नेपालमा पनि प्रभाव परेको हो।’