काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट गर्न सरकारले सर्च कमिटी गठन गरेको छ ।
कुलपति एवं प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सहकुलपति एवं विज्ञान, प्रविधि एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय त्रिवि उपकुलपति सर्च कमिटी गठन भएको हो ।
आइतबार गठन भएको कमिटीको सदस्यमा त्रिवि व्यववस्थापन संकाय डिन डिल्लीराज शर्मा र मेची बहुमुखी क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाई रहेका छन् । त्रिविका उपकुलपति तीर्थराज खनियाँको चार वर्षे कार्यकाल भदौ ५ गते सकिँदैछ । समाचार नागरिक दैनिकले छापेकाे छ ।