
नयाँ सिजनको तयारीमा रहेको स्पेनिस च्याम्पियन बार्सिलोनाले घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
आइतबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब आर्सनललाई २–१ ले पराजित गरेको हो । प्रि–सिजनको अन्तिम खेलमा आर्सनलले बलियो टिम मैदानमा पठाएको थियो।
पहिलो हाफमा पियर एमरिकको गोलबाट आर्सनलले अग्रता लियो । दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । आर्सनलका एइन्स्ली माइट्ल्याण्ड–निल्सले आत्मघाती गोल गरेपछि खेलमा बार्सिलोना बराबरीको अवस्थामा आयो ।
अन्तिम समयमा लुइस स्वारेजले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए।