
काठमाडौं । देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा चट्याङसहितको वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे बुलेटिन जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।
देशका मध्य र पूर्वका पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आइतबार बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना छ । यसैकारण बेलुकादेखि मौसमी गतिविधि (वर्षा हुने) बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विद्ले आग्रह गरको छन् ।