काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छुट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयरहरुको निष्काशन गरेको छ।
साउन १६ देखि २४ गतेसम्मका लागि शेयर निष्काशन खुल्ला गरिएको छ।
आगामी आर्थिक वर्ष देखि नै कम्पनी नाफामा गई शेयरधनीहरुलाई लाभांश दिन सक्ने भएको हुँदा सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको भन्दै कम्पनीले प्रति शेयर एक सय रुपैयाँका दरले भुक्तानी गर्नु पर्ने जनाएको छ।
शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। उक्त शेयर निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने कम्पनीले जानकारी दिएको छ।
हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलामनगरपालिका वडा नं. ९, १० र माईनगरपालिका वडा नं. ९ मा रहेको छ।
कम्पनीसँग माई खोला साना जलविद्युत आयोजना ४ दशमलव ५ मेगावाट र माई खोला साना क्यासकेड जलविद्युत आयोजना ८ मेगावाट रहेका छन्। दुवै आयोजनाहरुबाट क्रमश: २०६७/११/०१ र २०७४/१२/२६ गतेबाट व्यापारिक उत्पादन शुरु भैसकेको कम्पनीले जानकारी दिएको छ।