
काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ देखि लागूहुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो ।
सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायब सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो ।
त्यति बेला सरकारले विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको थिएन । पदाधिकारीको सेवासुविधा छुट्टै भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद्का पदाधिकारी, सांसद, संवैधानिक नियकायका प्रमुख र सदस्य, सर्वोेच्चका प्रधानन्यायाधीश र न्यायाधीशको तलब तथा सेवासुविधाबारे छुट्टाछुट्टै ऐन छन् ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।