दीलिप र किरणको ‘लक्का जवान’

काठमाडौं । आमा वंगलामुखी फिल्म प्रोडक्सन प्रालिले नेपाल चलचित्र लक्का जवान निर्माण गर्ने भएको छ ।  लक्का जवानमा दीलिप रायमाझी र शिवहरि पौडेलले निर्देशन गर्ने छन् ।  चलचित्रको बुधबार शुभसाइत गरिएको छ ।

हास्य कलकारहरुको मुख्य भूमिका रहेको लक्का जवानमा नायक दिलिप ,नायिका प्रियंका कार्की रहने छन् । चलचित्रमा सलोन बस्नेत ,वर्षा सिवाकोटी ,किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल ,सरोज खनाल, र रमेश के.सी लगायतका कलाकारको अभिनय हुनेछ ।

चलचित्र भदौको पहिलो साताबाट छायांकन शुरु भई चैत ७ गते चलचित्र प्रर्दशन हुने मिति समेत निर्देशक पौेडेलले बताउनु भयो । चलचित्र चित्लाङ र दामनमा छायांकन गरिने भएको छ । लक्का जवानमा पाका उमेरहरुको कथा रहेको नायक दीलिप ले जानकारी दिए ।

लक्का जवानकाे शुभसाइत चर्तित कलाकार मदन कृष्ण श्रेष्ठ ,हरिवंस आचार्य, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे ,निमल शर्मा र आकाश अधिकारिको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार