सेनाको पोसाकसँग मिल्दो कपडा किन्दै हुनुहुन्छ ?

काठमाडौं । नेपाली सेनाले प्रयोग गर्दै आएको पोसाकसँग मिल्दोजुल्दो कपडाको प्रयोगमा कडाइ गर्न सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सैनिक पोसाकजस्तै देखिने कपडाको बिक्री, वितरण र प्रयोग बढ्न थालेपछि सरकारले यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले १३ साउनमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यो विषयमा पत्रसमेत पठाएको छ । सैनिक पोसाकको दुरुपयोग गरी विभिन्न निजी कम्पनीले सुरक्षा गार्ड राख्ने गरेको र अपराध बढेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।

सोही कारण देखाएर सेनाले केही समयअघि सैनिक पोसाकको जथाभावी प्रयोगमा नियन्त्रण गर्न आग्रह गर्दै गृहलाई पत्रसमेत पठाएको थियो । सैनिक स्रोतले सेनाले केही दिनअघि गृहलाई सोबारे आधिकारिक रुपमा जानकारी गराएको बतायो ।, राजधानी दैनिकले समाचार छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार