काठमाडौं । अनुष्का शर्मा हिजोआज गर्भवती भएको खबरले चर्चामा छिन् ।
विवाह पछि यस्तो अफवाहमा पर्ने उनीमात्र एक बलिउड अभिनेत्री होइनन्, विवाहपछि हरेक अभिनेत्रीलाई गर्भवति भएको खबर अनि यताउताको कुराकानी सुन्न पर्ने हुन्छ। ‘ए दिल हे मुस्किल’ चलचित्रको छायाँकनको क्रममा उनलाई यस्तै प्रश्न गरिएको थियो। उनले यतिबेला एकदमै रुष्ट भएर जवाफ दिएकी थिइन्।
अनुष्काले फिल्मफेयरलाई हालै दिएको एक अन्तवार्तामा भनेकी छन्, ‘मानिसलाई कमसेकम यति छुट दिनु आवश्यक छ की सेलिब्रेटीले आफ्नो जीवन पनि आरामसँग बाँचुन्। एक अभिनेत्रीले विवाह गर्छिन् अनि उनलाई अर्को प्रश्न गरिन्छ जुन गर्भसँग सम्बन्धित हुन्छ। डेट गरिरहेको बेलामा सोधिन्छ विवाह कहिले गर्ने?
हामीले अरुलाई उनीहरुको जीवन जिउन दिनुपर्छ। किन यस्तो माहोल बनाइन्छ की मानिसलाई जबरजस्ती सफाई दिनु पर्छ। मलाई यो चीज खराब लाग्छ। मलाई सफाई दिन जरुरी छ जस्तो लाग्दैन।’