जापानले बनायो मोबाइलभन्दा पनि सानो एसी

एजेन्सी । जापानको एउटा इलेक्ट्रोनिक्स कम्पनीले मोबाइलभन्दा पनि सानो आकारको एसी (एयर कन्डिशनर) बनाएको छ।

विश्व चर्चित कम्पनी सोनीले उक्त एसी मानिसले लगाउने सर्टको लागि बनाएको बताएको छ।

कम्पनीले उक्त एसीको नाम रेओन पकेट राखेको छ। यो रेओन पकेटले मानिसलाइ २४सै घण्टा शीतल गराइरहने कम्पनीले दावी गरेको छ।

यसलाइ कुनै पनि प्रयोगकर्ताले गर्दनभन्दा तल्लो भागमा लगाउन सक्नेछन् जसका लागि कम्पनीले ब्याग समेत सानो ठूलो आकारमा बनाएको छ।

के बाट बनेको छ एसी ?

यो रेओन पाकेट एसी थर्मोइलेक्ट्रिक पेल्टियर तत्वबाट बनेको छ। जसले धेरै छिट्टो चिसो र तातो बनाउन सक्छ। यो त्तवको प्रयोग कार कुलर तथा वाइन कुलरमा समेत प्रयोग गर्ने गरिन्छ। यसलाइ कम पावरमा समेत चलाउन सकिन्छ।

यो स्मार्ट एसीमा लिथियम आयोन ब्याट्री लगाइएको छ। जसलाइ २ घण्टा चार्ज गरेपछि दिनभरी चलाउन सकिन्छ। यो एयर कन्डिशनर ब्लूटुथ ५.० एलइ कनेक्टे फोनमा समेत सपोर्ट गर्छ।

तर यो उत्पादन जापानले तत्काल आफ्नो देशका लागि मात्रै बनाएको र माग आएमा अरुको देशका लागि समेत बनाउने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार