
काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षणका लागि शनिबार सिंगापुर जाने भएका छन् ।
गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली थप फलोअपका लागि विदेश जान लाग्नुभएको हो ।
उहाँ केही दिन विदेश जान लागेको सोमबार नेकपा सचिवालय बैठकमा जानकारी गराइएको थियो ।
मृगौला प्रत्यारोपण गरेको ओलीले नियमित स्वास्थ्य परीक्षण गर्न जानेबारे प्रधानमन्त्रीले केही दिनअघि निजी चिकित्सक दिव्यसिंह शाहसहित डाक्टरहरुसँग परामर्श गर्नुभएको थियो ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।