
काठमाडौं । सामसङले पहिलो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड सेप्टेम्बरबाट बजारमा बिक्रीका लागि पठाउने भएको छ । कम्पनीले यो स्मार्टफोन यो वर्षको शुरूमा ल्याउने भनेपनि ढिला भएको जनाउँदै सेप्टेम्बरमा बिक्रीका लागि खुला गर्ने बिहीबार जनाएको हो ।
अप्रिलमा ल्याउने भनिएको सो फोल्डेबल स्मार्टफोनमा केही खराबी देखा परेपछि यसलाई ढिला गरी बजामा ल्याउन लागिएको हो । अमेरिकी बजारमा सामसङको ग्यालेक्सी फोल्डले बजार पिट्ने अपेक्षा गरिएको छ । कम्पनीले यो वर्ष यो मोबाइल ३ लाख थान बिक्री गर्ने लक्ष्य लिएको छ ।
यसअघि सामसङले यो मोबाइल १० लाख बिक्री गर्ने लक्ष्य लिएको थियो । कम्पनीले वर्षमा ३० करोड मोबाइल औसत उत्पादन गर्ने गरेको छ । सामसङको प्रतिस्पर्धी कम्पनी ह्वावेले पनि फोल्डिङ ह्यान्डसेट ल्याउने घोषणा गरेको छ । उसको मेट एक्स पनि सेप्टेम्बरमा बिक्रीका लागि आउने भएको छ ।