रुट बदल्दै सुन तस्करी

काठमाडौं । संगठित तस्करहरूले चीन र खाडी देशबाट नेपाल भित्र्याइएको अवैध सुन रुट बदल्दै भारतीय बजारसम्म पुर्‍याउने गरेका छन् । पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवाको केरुङ नाकाबाट नुवाकोट हुँदै काठमाडौं भित्रिने ठूलो परिमाणको सुन स–सानो परिमाणमा गाडीबाट भारतीय बजारसम्म पुर्‍याइन्थ्यो ।

सरकारले ती दुवै ठाउँमा कडाइ गरेपछि तस्करहरूले फरक शैली र रुट प्रयोग गरेको पाइएको छ । साउन ९ मा गोरखाको धार्चे गाउँपालिका–३ को ओडारमा भेटिएको १६ केजी अवैध सुन पछिल्लो उदाहरण हो ।

गृह मन्त्रालयमा साउन ७ मा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले संगठित सुन तस्करी नियन्त्रणमा मूलभूत रूपमा सफल रहेको र तस्करीको सन्जाल ध्वस्त भएको दाबी गरेको दुई दिनपछि गोरखामा अवैध सुन भेटिएको थियो । प्रहरीका उच्च अधिकारीहरू चल्तीको रुट र शैली बदलिए पनि संगठित सुन तस्करी निरन्तर भइरहेको बताउँछन् ।

अहिले तस्करहरूले केरुङ नाकाबाट भित्रिएको सुन गोरखा र लमजुङका विभिन्न रुट हुँदै पोखरा पुर्‍याएर बुटवल हुँदै सुनौली नाका कटाएर भारत पुर्‍याउने गरेको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार लमजुङ, गोरखा, चितवन हुँदै भारत पुर्‍याउने अर्को गिरोह पनि सक्रिय हुन थालेको देखिन्छ ।। कान्तिपुर दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार