बैंक सुनकाण्ड : रजिस्ट्रारले वकिललाई चोर भनेपछि….

रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीले फेसबुकमा लेखेको स्टाटस

काठमाडौं । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सिटिजन बैंकको सुनकाण्डमा अभियुक्तहरुको धरौटीसम्बन्धी आदेशपछि नेपालगन्जका कानुन व्यवसायी र अदालत प्रशासनबीच दरार शुरु भएको छ ।

नेपालगन्ज इजलासले बिहीबार सवा ५ बजेतिर ७ जना अभियुक्तलाई जनही २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो । अदालत प्रशासनले साँझ परिसेकेकोले ढिलो भयो भन्दै विवेक स्वाँर र शंकरप्रसाद जोशीको बैंक ग्यारेन्टी स्विकारेन । अभियुक्त ईश्वर सुनारले २५ लाख रुपैयाँ नगदै बुझाउन खोज्दा पनि अदालत प्रशासनले सुरुमा लिन नै मानेन।

लेखा कर्मचारीले रजिष्ट्रारको आदेश खोजे। कानुन व्यवसायीले नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश विष्णुदेव पौडेललाई सम्पर्क गरी धरौटी बुझाए। न्यायाधीशको दबाबमा घर गइसकेका रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीले अदालतमा आएर काम गराए। कुरा यतिमै सकिएन।

रजिष्ट्रार भण्डारीले त्यहि राति फेसबुकमा ‘नपाउनेले पद पायो भने आफ्नो हैसियत बिर्संदो रहेछ। त्यो चोर हो’ स्टाटस लेखे। यो स्टाटस एक कान दुुई कान मैदान भने झैँ भयो। कसलाई इंगित गरेको हो भनेर स्टाटसको स्क्रिन सट कानुन व्यवसायीबीच आदान–प्रदान चलिरहेकै बेला भण्डारीले आफ्नै स्टाटसको कमेन्टमा ‘वकिल चोरहरु’ लेखेर स्पष्ट पारे।

अर्को दिन अदालतबाट बिदा लिएर रजिष्ट्रार भण्डारी मोबाइल अफ गरेर बसे। कानुन व्यवसायीबीच खैलाबैला भयो। शुक्रबार बिहान ११ बजे जिल्ला बार र उच्च बारले वरिष्ठ अधिवक्ताहरु समेत राखेर यस विषयमा गम्भीर छलफल गरे। उच्च बारका सदस्य पूर्ण ढकालले भने, ‘अदालत प्रशासनको राय बुझेर बारले निर्णय लिने भनियो।’ कानुन व्यवसायीहरुले यस विषयमा छलफल पनि गरे। दिउँसो ३ बजे कानुन व्यवसायीको फेरि अर्को बैठक बस्यो।, अन्नपूर्णले समाचार छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार