काठमाडौं । रामेछाप लिखु–तामाकोसी गाउँपालिका–७ हलेदेस्थित तामाकोसी नदी किनारमा सेल्फी खिच्न गएकी युवतीको कोसीले बगाएर मृत्यु भएको छ ।
भक्तपुर कमल विनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको मृत्यु भएको हो । उनी भक्तपुरबाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भीमेश्वर मन्दिर दर्शन गर्न जाँदै थिइन् ।
सदरमुकाम मन्थलीबाट दोलखातर्फ जाने क्रममा लिखु–तामाकोसी गाउँपालिका–७ तिल्पुङको हेलेदे भन्ने स्थानमा तामाकोसी नदी किनारमा पुगेर सेल्फी खिच्ने क्रममा लगाएको चप्पल चिप्लिएर तामाकोसी नदीमा खसेकी थिइन् ।
नदीले उनलाई बगाउँदै एक किलोमिटर पर पुर्याएको थियो । मन्थली नगरपालिका–१ आकाशेको पक्की पुलनजिक युवती बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको उपाचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।