प्रदेश सभा भवनमा पानीपसेपछि बैठक स्थगित

मोरङ । प्रदेश एकको संसदमा बुधबार प्रादेशिक लोकसेवा आयोग गठन सम्बन्धमा बनेको विधेयकबारे छलफल कार्यक्रम रहेको थियो। दिउँसो १ बजेको लागि डाकिएको बैठक बस्न नसकि सभामुख प्रदीप कुमार भण्डारीले स्थगितको आव्हान गरे।

बुधबार बिहानदेखि परेको वर्षाका कारण बिराटनगरको देवकोटा चौकस्थित प्रदेश सभा भवनमा पानीपसेपछि बैठक स्थगित गर्नुपरेको सभामुख भण्डारीको भनाइ छ। भण्डारीका अनुसार बैठक हलमा फोहर पानी जमेपछि दुर्गन्धका कारण बस्नै नसक्ने अवस्था हुदाँ केहीदिनका लागि बैठक स्थगित गरिएको हो।

प्रदेश सभा भवनमा शौचालयको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमेपछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

संसद संचालन सुरु भएको १७ महिना पुगेको छ।तर, पुरानै भवन र पुरानै संरचनाको पनि उपर्युक्त ढंगले मर्मत सम्भाव नगरिँदा नियमित बस्ने भनिएको संसद बैठक अवरुद्ध हुनपुगेको प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले गुनासो गरे।

१७ महिनासम्म भवनको सामान्य मर्मत गर्न नसकेकोप्रति व्‍यंग गर्दै दलका नेता कोइरालाले भने, ‘संसद सचिवालयको अवस्था यस्तो छ, जनता कहाँ कसरी सम्बृद्धि आउला? सभामुख भण्डारीले बैठक हल ७ दिनभित्र भवन बनिसक्ने भनेर दिएको अभिब्यक्ति १७ महिना पुगिसक्दा समेत बन्न सकेको छैन। यसैबाट प्रदेश एक सरकार कसरी अघि बढि रहेको प्रस्ट छ।’

यद्पी सभामुख भण्डारीले हाल जमेको पानी निकासका लागि मोटर लगाइएको र दुर्गन्ध हटाउनका लागि प्रावीधिक पक्षलाई निर्देशन दिइसकेको बताए। हाललाई साउन १९ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको छ।सो समयावधिमा जमेको पानी फ्याक्ने र आगामि दिनमा त्यस्तो हुन नदिने गरी काम गर्ने संसद सचिवालयको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार