होटलमा बन्धक बनाएर छात्रामाथि यौन शोषण

काठमाडौं ।  घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई बलात्कार गरेको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्।

कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।

पोखराको फेवाताल किनार (लेकसाइड) डिहिकोपाटनस्थित होटल कन्ट्रीयार्डमा ल्याई बालिकाले प्रयोग गर्ने मोबाइलसमेत नियन्त्रणमा लिई ८ दिनदेखि कोठामा राखी जबरजस्ती करणी गरेको आरोपमा शिक्षक कानोडिया पक्राउ परेका हुन्।

अभिभावकले पोखरामा ल्याएको हुन सक्ने भन्दै दिएको सूचनाको आधारमा कास्की प्रहरीले बालिकालाई बन्धक बनाइ राखेको अवस्थामा होटलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।, अन्नपूर्णले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार