मुलुक समृद्ध बन्न खेलकुदको विकास आवश्यक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताउनुभएको छ ।

विश्वकर्माले मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य सर्त भएको दाबी गर्दै त्यसको विकासमा आवश्यक सहयोग गर्न पनि सम्वद्ध सबै पक्षलाई अपिल गर्नुभयो । सरकारले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको विश्वकर्माको भनाइ थियो ।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै विश्वकर्माले खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई जनही ३२ हजार ५ सय नगदसहित सम्मान गरिएको थियो ।

सम्मान हुने नेपाली टोलीका २० जना खेलाडी र एक प्रशिक्षक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार