
काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
छविको पूर्वपत्नी सुनसरी जिल्ला धरान नगरपालिका १ की ५३ वर्षीया हेमा ओझाले प्रहरी परिसरको कालीमाटी महिला सेलमा उनीहरुविरुद्ध बहुविवाहको उजुरी दिएपछि पक्राउ पूर्जी जारी भएकाे हाे ।
जिल्ला अदालत, काठमाडौंले दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेलगत्तै प्रहरी टोली अहिले उनीहरुको खोजीमा लागेको महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।