
काठमाडौं । बुधबार र बिहीबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।
बुधबार दिउँसो देशभर सामन्यदेखि पूर्ण बदली रही अधिकांश स्थानामा भारी वर्षा हुने विभागले जनाएको छ । महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षाकाे सम्भावना छ ।
पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ । वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, ३, ५, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै जसो स्थानमा भारी वर्षाको सम्भावना छ ।तराई ,चुरे र मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।