राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्नुहुने भएको छ ।

राजपाको यही साउन ४ र ५ गते प्रदेश– २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्नुहुने राजपाका संयोजक अनिलकुमार झाले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार