मुक्तिनाथ विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं। विकास बैंकमध्ये नेपालकै ठूलो बैंक मुक्तिनाथ विकास बैकले हकप्रद निष्काशनको अनुमति पाएको छ । बैंकले १:०.२ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

अब बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि भिबोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ।

२०६३ सालमा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति प्राप्त गरेर स्थापना भएको मुक्तिनाथ विकास बैंक धादिङको सिभिक डेभलपमेन्ट बैंकलाई आफूमा गाभेपछि राष्ट्रिय स्तरको बनेको हो । हाल यो बैंकका देशभर ११३ शाखा, एक एक्सटेन्सन काउन्टर र ९३ वटा माइक्रोफाइनान्स डेस्क छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार