
काठमाडौं । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटलमा भएको छलफलले वार्ताका लागि सकरात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ ।
सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । ‘त्यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न् मिल्दैन । तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ । ’पाण्डेले भने ।
विप्लवका नेतासँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगन्ज पुगेका छन् ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।