
काठमाडौं । बुढो हुने मन आखिर कस्लाई पो हुन्छ र ? उमेर बढ्दै गएता पनि मानिसमा जवान देखिने चाह उस्तै रहन्छ । उखानै छ नि ‘तन बुढो भएपनि मन बुढो भाछैन ।’
हास्यकलाकार हरिवंश आचार्यको यस्तै भाव समेटिएको गीत सार्वजनिक भएको छ । ‘बुढो हुने मन छैन’ बोलको गीतमा जिवित वलामीको संगीत तथा आचार्यकै शब्द तथा स्वर छ ।
गीतमा आचार्यले उमेर ढल्केका ब्यक्तिको रहर र बाध्यतालाई प्रस्तुत गर्नुभएको छ । गीतको भिडियोमा एकातिर तन बुढो भए पनि मन जवान रहने प्रसङ्ग छ भने अर्कातर्फ बुढेसकाल लागेपछि स्वास्थ्यले साथ नदिँदा मन परेको खाना खान नसकेको गुनासो पनि छ ।
गीतको भिडियोमा हरिवंशसँगै कलाकार नरेन्द्र कंशाकारको पनि अभिनय छ । दीर्घ गुरुङको छायाकंन रहेको गीतको भिडियोलाई सुदन केसीले निर्देशन गरेका छन् ।