
काठमाडौं । शनिबार पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइनमा लागेकी वृद्धाले सिरिन्ज आक्रमण भएको बताएपछि हल्ला खल्ला भयो ।
एकाएक वृद्धाले आफूमाथि तिखो वस्तुले घोचेको भन्दै चिच्याएपछि प्रहरीले पशुपतिका सबै ढोका बन्द गरेर शकांस्पद व्यक्तिको खोजी गरेको थियो । वृद्धाको हातमा सानो घाउ देखिएको भन्दै परीक्षणका लागि टेकु पठाइयो । तर सरुवा रोग अस्पताल टेकुले त्यो सरुवा रोग नभएको बतायो ।
राजधानीमा सिरिन्ज आक्रमणको सन्त्रास अझै रोकिएको छैन् । एक साताअघि ३४ वर्षीया युवती पनि एकान्तकुनातर्फ जाँदै गर्दा पुरुषसँग ठोक्किएपछि हात भारी भएको भन्दै अस्पताल पुगेकी थिइन । समाचार राजधानी दैनिकले छापेको छ ।