बाढीपहिरो बितण्डा अपडेट: मृतक संख्या ४३ पुग्यो, २४ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण जीवन गुमाउनेहरुको संख्या शनिबार रातिसम्म ४३ पुगेको छ । बाढी पहिरोले २४ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयको बिवरण अनुसार बाढीपहिरोले ललितपुरमा ६ जनाको मृत्यु भएको छ । भोजपुरमा  ४ जनाले जीवन गुमाएका छन् । खोटाङ, मकवानपुर, काभ्रे र काठमाडौंमा ३, ३ जनाको मृत्यु भएको छ । पाल्पा र धादिङमा २, २ जनाको निधन भएको छ । सुर्खेत, चितवन, बारा, सुनसरी, झापा, इलाम, रामेछाप, पर्सा, र ओखलढुंगामा १, १ जनाले जीवन गुमाएका छन् ।

बाढीपहिरोले सुखेतमा ९ जना बेपत्ता भएका छन् । त्यस्तै सिन्धुलीमा ४ जना बेपत्ता छन् । भोजपुर, मकवानपुर, धादिङ, रामेछाप, खोटाङ, रौटहट, मोरङ, सुनसरी उदयपुर, काठमाडौ‌, पाँचथर र झापामा १, १ जना बेपत्ता भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार