‘आलोचना नगर्न चेतावनी’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृकाप्रसाद यादवले ‘विषादी प्रकरण’ लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ ।

मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने आँट गरेको सरकारलाई कांग्रेसले त्यत्तिकै आलोचना गरेको भन्दै आपत्ति जनाउनुभयो ।

कांग्रेसले आफूले कत्ति न जनतालाई अर्गानिक खुवाएको जस्तो पारामा सरकारलाई आलोचना गरेको मन्त्री यादवको भनाइ छ ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सचेत गराउनुभयो । विषादी प्रकरणमा कांग्रेसले आफ्नो इज्जत पनि नरहने गरी सरकारको आलोचना गरेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले व्यापारीलाई पनि बस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गर्नुभयो । उहाँले उत्पादन वृद्धिमा जोड दिएर व्यापार गर्न पनि निजी क्षेत्रका व्यवसायीको ध्यानाकर्षण गराउनुभयो । सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्न तयार रहेको पनि यादवले प्रष्ट पार्नुभयो ।

यादवले मुलुकमा उत्पादन वृद्धिका लागि पूँजीको अभाव नभएको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार