
रौतहट । लालबगैया नदी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेपछि गौर नगरपालिकाको सबै भूभाग डुबानमा परेको हो ।
नदीको पानी बस्तीमा पसेपछि लाखौ मानिस विस्थापित भएका छन् । प्रहरीका अनुसार २ दर्जन पक्की घर भत्केका छन् । ९० प्रतिशत भूभाग डुबानमा परेकाे छ ।
नदीबस्तीमा पसेपछि स्थानीय क्रासमा छन् । राति समयमा बस्तीमा पानी पसेकाले मानवीय क्षतिको यकिन भने हुन सकेको छैन ।
गौरस्थित प्रहरी कार्यालय, भंसार कार्यालय तथा आसापासका सबै बस्ती डुबानमा परेका छन् ।