
काठमाडौं । पत्नीलाई आत्महत्या गर्न बाध्य पार्ने पतिलाई मकवानपुर जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको छ ।
अदालतले हेटौंडा उपमहानगर पालिका -३ का राजु थिङविरुद्द उक्त आदेश जारी गरेको हो । थिङलाई पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ ।
राजुले पत्नी सोनुलाई बेलाबेला कुटपिट गर्दै आएका थिए । कुटपिट पछि नगरपालिकाको न्यायिक समितिमा सोनुले गत वैशाख १७ मा पतिले सधैं कुटपिट गर्ने गरेकोले ‘आत्महत्या गरौं जस्तो भइसक्यो’ भनेर उजुरी समेत दिएकी थिइन् ।
उजुरी दिएको महिना दिन नबित्दै जेठ १६ मा सोनुले आत्महत्या गरेकी थिइन् । समाचार कान्तिपुरले छापेको छ ।