छलफलबाट निस्कँदै छविले भने, ‘१० मिनेटमा कुरा मिल्याे’

काठमाडौं । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीच सहमति भएको छ । बिहीबार दिउँसो महानगरीय प्रहरी परिसर टेकुमा भएको छलफलमा उनीहरुबीच सहमति भएको हो ।

छलफलपछि आँखामा आँशु छचल्काउँदै बाहिर निस्कनुभएकी नायिका शिल्पा पोखरेलले अबदेखि आजसम्म भएका हिंसाहरु नगर्ने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले सरी भन्नुभाछ, अबदेखि गर्दिन भन्नुभाको छ ।’ साथै नायिका पोखरेलले अरुलाई पनि घरेलु हिंसा भएको छ भने प्रहरीकोमा उजुरी गर्नको लागि अपिल गर्नुभएको छ ।

यस्तै बाहिर निस्किदैँ निर्माता एवं शिल्पाका श्रीमान् छविराज ओझाले दुईपक्षबीचको छलफलमा अब झगडा नगर्ने भन्ने सहमति भएको बताउनुभयो । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्माता ओझाले श्रीमती आएदेखि आफूले सम्मानपूर्वक घरमा राख्ने प्रतिवद्धता जनाउनुभएको छ ।आफूहरुबीच छुट्टै पनि छलफल भएको निर्माता ओझाको भनाइ छ ।

नायिका शिल्पा पोखरेल अहिले निर्माता विकास रौनियार र निर्देशक सम्झना उप्रेती रौनियारको घरमा बस्दै आउनुभएको छ । ‘हामीहरुबीचमा सामान्य झगडा भएको हो, त्यसमा उहाँलाई मेरो कुरा चित्त बुझेन होला, उहाँले आएर उजुरी हाल्नुभयो ।’

निर्माता ओझाले अहिले आफूहरुबीच सम्बन्धविच्छेदको कुरा नभएको स्पस्ट पानुभएको छ । ‘उहाँको आमा पनि आउनुभएको थियो’, छविराजले भन्नुभयो, ‘तर छुट्टिने कुरा भएको छैन, मेरो तर्फबाट डिभोर्स हुँदैन ।’ ‘शिल्पाजीले आएर यहाँ आएर केश हाल्नुभयो, कुरा गर्‍यौं, १० मिनेटमा कुरा मिलिसक्यो’, उहाँले भप्नुभयो ।

शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा महोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले नै निर्माण गरेको फिल्म ‘लज्जा’बाट डेब्यु गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार