
काठमाडौं । श्रीमान छबी ओझाबाट असुरक्षा भएको भन्दै नायिका शिल्पा पोखरेलले प्रहरीमा उजुरी दिएकी छन् ।
पोखरेलले श्रीमानबाट असुरक्षित भएकोले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । प्रहरीले छलफलका लागि दुबै पक्षलाई प्रहरी कार्यालय टेकु बोलाएको छ ।
२०७३ सालको दशैँमा विवाह गरेकी पोखरेल छबीको चौथो श्रीमती हुन् । उनीहरुबीच पछिल्लाे केही सातादेखि विवाद रहेको श्रोतले जनाएको छ ।