विश्वकप क्रिकेट : न्यूजिल्याण्ड फाइनलमा, भारत बाहिरियाे

काठमाडाैं । न्यूजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डले प्रस्तुत गरेको २ सय ४० रनको मध्यम लक्ष्य पछ्याइरहेको भारत १८ रनले पराजित भयो ।

भारत ४९ ओभर ३ बलमा सबै बिकेट गुमाउँदै २ सय २१ रनमा समेटियो । ९२ रनमा ६ बिकेट गुमाएको भारतको पारी एमएस धोनी र रविन्द्र जडेजाले उकासेका थिए । यी दुईले सातौं विकेटका लागि १ सय १६ रनको साझेदारी गरेका थिए । जडेजाले ७७ र धोनीले ५० रनको महत्वपूर्ण योगदान गरे ।

त्यसैगरि रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए । न्युजिल्याण्डका लागि म्याट ह्यान्रीले तीन तथा ट्रेन्ट वोल्ट र मिचेल स्यान्टनरले समान दुई–दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले व्याटिङ् गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर थप २ सय ३९ रन बनायो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सले ६७ र रोस टेलरले ७४ रन बनाएका थिए ।

अब न्युजिल्याण्ड २९ गते आइतबार हुने फाइनल खेलमा अस्ट्रेलिया र आयोजक इंग्ल्याण्डबीचको विजेता टिमसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार