
काठमाडौं । पछिल्लो समयमा टिकटकको बिषयमा पनि कतिपय कलाकारहरु गीत सृजना गर्नमा तल्लिन छन् ।
यसैबीच दियान मिडियाले गायक नारायण भट्टराई, हेम शर्मा मुस्कान, अनिता पन्त र शान्ति अधिकारीको संयुक्त स्वरमा नयाँ गीत ‘टिकटक काण्ड’ सार्वजनिक गरेको छ । गीतमा राजु के.सीको शब्द तथा धनु मगरको लय छ भने तारानाथ आचार्य गीतका एरेञ्जर हुन् ।
नारायण भट्टराईकै निर्देशनमा तयार पारेको म्युजिक भिडियोमा निश्चल दवाडी, अनिता पन्त, दीपिका जेनिइ र अविरल अधिकारीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेका छन ।