प्रधानमन्त्रीलाई नेविसंघको विषाक्त तरकारी उपहार

काठमाडौं । नेपाल विद्यार्थी संघले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षणको निर्णय तत्काल खारेज नगरे सडकबाटै सरकार ढाल्ने चेतावनी दिएको छ । नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिनुभएको हो ।

मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाव दिएको हो । त्यस अवसरमा नेविसंघले सरकारले भारतको दवावमा निर्णय लिएको दावी गर्दै व्यंग्य स्वरुप प्रधानमन्त्री ओलीलाई विषयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ ।

नेविसंघले भारतबाट आयात हुने तरकारी र फलफूलको विष परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउँदै आएको छ । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यक परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषाधि परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा उहाँको आपत्ति छ ।

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषाधि परीक्षण नगर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै नेविसंघले देशभर सडक आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार