
काठमाडौं । मन्त्रीपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् ।
सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले पुनः मंगलबार बिहानका लागि बैठक बोलाएका हुन् ।
मन्त्रीहरुलाई बिहानको खानको व्यवस्था बालुवाटारमै गरिएको जनाइएको छ । बैठकमा छलफल हुने विषय भने खुलाइएको छैन ।