अनेरास्ववियुले नै भन्याे, ‘सरकारको निर्णय संविधानको मर्म विपरीत’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले सरकारको निर्णय संविधानको मर्म विपरीत भएको जनाएको छ ।

आयातित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परिक्षण गरेर मात्र प्रवेश गराउने पुर्ववतः निर्णयबाट पछि हटेर सरकारले नेपालको संविधानको धारा ३६ को खाद्यसम्बन्धी मौलिक हकको मर्म वितरित निर्णय गरेको संगठनको ठहर छ । साथै संगठनले सरकारसमक्ष आफ्नो पुर्ववत् निर्णयमा अडिग रहन माग गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गदै संग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी .(नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले कार्यान्वयनको चरणमा जान गइसकेको जनपक्षीय निर्णयबाट तयारी नपुगेको भन्दै पछि हट्नु सुखद नभएको जनाएको छ ।

संगठनका कार्यवाहक संयोजक रञ्जित तामाङद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र सरकारका निकायहरु प्रत्यक्ष वा परोक्ष रुपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार