
काठमाडौं । चर्चित एवं लोकप्रिय गायक उदितनारायण झाका छोरा एवं गायक आदित्य नारायण झा नेपाल आउनुभएकाे छ ।
शुक्रबार नेपाल आउनुभका उहाँले त्रिभुवन विमानस्थलमा गीत गाउनुभएको छ । उहाँले नेपाली शुभचिन्तकहरुको लागि भन्दै आफ्नै बुवाको स्वरमा रहेको ‘यो गाउँको ठिटो म’ बोलको गीत गाउनुभएको हो ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफू धेरै वर्षपछि नेपाल आउन पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । धेरै वर्षपछि नेपाल आएको भएता पनि अब भने नियमित नेपाल आउने उहाँको भनाइ छ ।
क्लब फरेनहाइटमा हुने कार्यक्रमका लागि आदित्य शनिबार दिउँसो नेपाल आउनुभएको हो । कसन्र्टमा कुन–कुन नेपाली गीतहरु गाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा गायक झाले आफूले त्यसको बारेमा केही पनि नबताउने सबै सरप्राइज भएको उल्लेख गर्नुभयो ।
शनिबार साँझ हुने कन्सर्ट सकेर झा आइतबार नै मुम्बई फर्कँदैछन् ।