पहिलोपटक ट्याक्सीवालाको नै मोबाइल एप

काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन शुरु गरेको छ । उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको शुरुवात गरेको हो ।

प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ ।

अब भने समाजले इजीट्याक्सीनेपालमार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो ।

इजीट्याक्सीनेपाल ट्याक्सीसेवा हाल काठमाडौं उपत्यकाभरी संचालनमा आईसकेको छ । यसको लागि ‘इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ ।

यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सीचालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ । सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिटनेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’

सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने अध्यक्ष छानेले स्पष्ट पारे ।

पहिलो चरणमा २७ सय भन्दा बढी ट्याक्सीमार्फत सेवा शुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरु सो एप्समा जोडिँदै छन् ।

हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा लागेको छ ।

इजीट्याक्सीनेपालको सेवाको लागि आगामी दिनमा कलसेन्टरमार्फत अफलाइन सेवाअन्तरगत बुकिंग गर्नुपरेमा, अन्य स्थानहरुमा विशेष भ्रमण प्याकेज चाहिएमा, लामो अवधिसम्म ट्याक्सी सेवा चाहिएमा सेवा दिईनेछ भने यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौंको अहिलेको सेवा शुल्कमा प्रविधिमा आधारित रहेर ट्याक्सीसेवा संचालन गर्न निकै कठिन भएपनि चालकहरुका साथै सबैको सहयोगमा इजीट्याक्सीनेपाल एप्स संचालनमा ल्याएको बताए ।

‘अहिलेको ट्याक्सीको भाडादर वैज्ञानिक छैन् भने धेरै वर्षदेखि ट्याक्सी भाडादर समायोजन गरिएको छैन्, तर पनि एप्समार्फत यात्रुहरुलाई उचित मूल्यमा सेवा दिने प्रयास गरेका छौं,’ महासचिव मोक्तान ९तामाङ० ले भने ।

इजीट्याक्सीनेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरु क्रमशः दर्ता हुनेछन भने यात्रुले दिउँसो र राती दुबै सिफ्टमा सेवा प्राप्त गर्नेछन् ।

त्यसैगरि यो एप्समा आबद्ध भएका चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको दूर्घटना बीमा गरिएको छ । समाजले इजीट्याक्सीनेपाल एप्समा आधारित ट्याक्सी सेवा आगामी दिनमा अन्य शहरी क्षेत्रहरुमा पनि बिस्तार गर्ने योजना लिएको छ ।

इजीट्याक्सीनेपाल एप्स हाल एन्ड्रोयड प्ले स्टोरमा मात्र रहेको छ निकट भविश्यमा नै एप्पलको एपस्टोरमा उपलब्ध हुनेछ ।

काठमाडौं उपत्यकाभर आफ्नो सेवा संचालन गरिरहेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज विसं। २०७५ सालदेखि संगठित रुपमा सक्रिय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार